काठमाडौं :
नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’को भिडियो सार्वजनिक भएको छ। बादल थापाले गाएको यस गीतको भिडियो रिलिज भएको हो।
गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्री कै रहेको छ। गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ। गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन् । रञ्जन राईको मिक्सिङ र मास्टरिङ रहेको उक्त गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ। भिडियोमा पुरू भण्डारी, बिनिता दहाल र दिनेश काठायत काजीले अभिनय गरेका छन्। भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका हुन भने उमेश बहादुर शाहले छायांकन गरेका छन। पदम सुवेदीको सम्पादन र रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको छ।
भिडियोको पोस्टर डिजाइन सुबास शाह र लक्ष्मण चौहानले गरेका छन् भने भिडियोको निर्माण मुकेश सुवेदीले गरेका हुन्। गीतले युवा पुस्ताको प्रेम, टुटन र छुट्टिएको सम्बन्धलाई समेट्ने प्रयास गरेको छ। भिडियोको सम्पूर्ण पक्षले गीतको भावलाई सजीव बनाएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।