सुचना, समाचार र मनोरन्जन

‘जुठे’की ‘जुनकिरी’ ‘वाचा बन्धन’मा बनिन् ‘चाँदनी’

काठमाडौं :

टेलिसिरियल ‘वाचा बन्धन’को दोस्रो भाग सार्वजनिक भएको छ। फिल्मी शैलीमा निर्माण भएको रोचक ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल वाचा बन्धनको दोस्रो भाग रिलिज भएको हो।

प्रत्येक शनिवार साँझ ७ बजे ओएसआर डिजिटल युटुबबाट आउने वाचा बन्धनको पहिलो भाग दर्शकहरूले रुचाएका कारण दोस्रो भाग पनि अझै बढि रुचाउने निर्माण पक्षको भनाई छ। चर्चित टेलिसिरियल ‘जुठे’मा ‘जुनकिरी’ भुमिका निवार्ह गर्दै आएकी सरिता ढुङ्गाना ‘वाचा बन्धन’मा ‘चाँदनी’बनेर दर्शकमाझ आएकी छन्। नव नायक प्रशान्त बुढाथोकी ‘चन्द्र’को रोचक प्रेम कथा एपिसोड २ मा देख्न सकिनेछ।

कमल बुढाथोकीको प्रस्तुति रहेको सिरियलमा सरिताका साथमा ‘सकम्बरी’ कुशुम शर्मा, प्रशान्त बुढाथोकी,हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, प्रेमदेव गिरि सुभाष गजुरेललगायत दुई दर्जन नयाँ पुराना कलाकारको यसमा अभिनय रहेको छ। ‘वाचा वन्धन’ ललितपुरको छम्पी र रुकुम पूर्वीभागको रमणिय स्थल लुगुम नरिबाङमा छायाकंन गरिएको हो।

यस सिरियलमा दीपा बुढाथोकी अनि कमल बुढाथोकी मिलेर निर्माण गरेका हुन्। यज्ञजंग विक (आयुष)को लेखन तथा निर्देशन रहेको यस सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता हुनुहुन्छ भने शिव विकको छायाकंन, उमेश थापामगरको सम्पादन, प्रविण ढकालको कलर, रतिस भारतिको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, आकास मगरको गीत संगीत, भूमी प्वाईन्टको पोष्ट प्रोडक्सन अनि चर्चित गायक रामचन्द्र काफ्लेको गायकी रहेको छ।

Leave A Reply

Your email address will not be published.