सुचना, समाचार र मनोरन्जन

माइकल चन्दको ‘राम नाम सत्य’मा जोडिए सुनिल थापा

काठमाडौं :

फिल्म ‘राम नाम सत्य’मा खलनायका रुपमा सुनिल थापा अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि यो फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिब्या रायमाझी र सुपुष्पा भट्ट तय भइसकेका छन्।

Pach Pandav

माइकल चन्दको निर्देशनमा निर्माण भएको यो फिल्ममा थापालाई भिन्न गेटअपमा देखाउने तयारी निर्माण पक्षको छ। राते काँइलाको उपनामले परिचित थापाले पछिल्लो समय फिल्ममा अभिनय गरेका छैनन्। लामो समयको अन्तरालमा उनी फिल्ममा आएका हुन्।

लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा निर्माण हुने यस फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्न लागेको हो। फिल्ममा उपेन्द्र शाही, श्वेता विमली, उत्तम गुरुङको लगानी हुनेछ। डीआर उपाध्याय,टी आर गौडेल र नरेन्द्र शाह कार्यकारी निर्माताका रुपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.