सुचना, समाचार र मनोरन्जन

रबिनको निर्देशन तथा अभिनयमा र्‍याप ‘आक्रमण’ भिडियो सार्वजनिक, दिनेश साउदको डेब्यु

काठमाडौं :

अभिनेता र निर्देशक रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्‍याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ। समाजमा व्याप्त नकारात्मक प्रवृत्ति र गलत मनसाय बोकेका व्यक्तिहरूको चरित्रलाई केन्द्रमा राखेर भिडियो तयार गरिएको छ।

Chaka Panja

नारशी क्रिएसनको प्रस्तुति तथा मिडिया पोर्टको सहकार्यमा ब्रेक स्टेशन युट्युब च्यानलमार्फत र्‍यापर दिनेश साउद (द इन्ड) को गीत ‘आक्रमण’ सार्वजनिक गरिएको हो। यो दिनेश साउदको र्‍याप संगीत क्षेत्रमा डेब्यु गीत हो। भिडियोमा रबिन बोगटीसँगै विकास खनाल, प्रभाकर न्यौपाने, कुँवर सेन्डी, विकास थापा, लाल बहादुर रावतलगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशनका हिसाबले यो रबिन बोगटीको पहिलो म्युजिक भिडियो हो। यद्यपि,अभिनयमा उनी नयाँ भने होइनन्। उनले सन् २०२३ मा प्रदर्शन भएको फिल्म ‘रंगेली’ मार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका थिए भने सन् २०१९ मा ‘डियर लभ’ वेब सिरिजमा लेखक तथा अभिनेता रूपमा काम गरिसकेका छन्।म्युजिक भिडियोको छायांकन रेवत श्रेष्ठले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.