सुचना, समाचार र मनोरन्जन

देशभर GBOB को माग उच्च, नेपाली र्‍याप कन्सर्टहरूमा बढ्दो भीड

काठमाडौं :

नेपाली र्‍याप संगीत क्षेत्रमा र्‍यापर GBOB को लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ। पछिल्ला केही वर्षयता देशका विभिन्न भागमा आयोजना हुने मेला, महोत्सव र ठूला सार्वजनिक कार्यक्रममा उनी उच्च माग भएका कलाकारका रूपमा देखिएका छन्।

आयोजकहरूका अनुसार GBOB सहभागी कार्यक्रमहरूमा दर्शकको उपस्थिति उल्लेख्य हुने गरेको छ। उनका गीतहरूमा नेपाली समाज, युवा सोच र सडक यथार्थ प्रतिबिम्बित हुने भएकाले श्रोतामाझ राम्रो प्रभाव परेको संगीतकर्मीहरूको भनाइ छ।

हालै गोरखा लगायतका विभिन्न स्थानमा सम्पन्न कार्यक्रमहरूमा GBOB ले प्रत्यक्ष स्टेज प्रस्तुती दिएका छन्। ती कार्यक्रमहरूमा दर्शकसँगको संवाद, स्टेज कन्ट्रोल र ऊर्जावान र्‍याप प्रस्तुतीका कारण दर्शकको उत्साह उच्च देखिएको थियो।

संगीत समीक्षकहरू GBOB लाई मौलिक शैली, सशक्त लिरिक्स र फरक र्‍याप टेस्टका कारण छुट्टै पहिचान बनाएका कलाकारका रूपमा मूल्यांकन गर्छन्। निरन्तर लाइभ कार्यक्रम र बढ्दो फ्यान फलोइङसँगै GBOB हाल नेपाली र्‍याप संगीतको अग्रपंक्तिमा देखिन थालेका छन्।

Leave A Reply

Your email address will not be published.