Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक फिल्म
- प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार
- १३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम
- ‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
- रुकुमपश्चिमकाे पर्यटक लोभ्याउने ‘ठूली दह’
- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
काठमाडौँ,
सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।
सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ ।
विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।
Prev Post