सुचना, समाचार र मनोरन्जन

‘राष्ट्रिय लाखेँ नाच प्रदर्शन तथा सम्मान कार्यक्रम २०८२’ हुने

काठमाडौं :

नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुह लागि पर्दै आइरकेका छन्। यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्य रुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ । आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराउने मात्र होईन उनिहरुलाई प्रत्यक्ष अनुभन गराउने उदेश्यले स्थानीय स्थरमै भएपनि वार्षिक रुपमा चन्द्रागीरी ९, मच्छेगाउँमा लाखें नाचको आयोजना गर्दै आईरहेकोमा यो वर्ष पनि हुने भएको छ।

चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी लगायतले ‘राष्ट्रिय लाखे नाच प्रदर्शन साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२’ को शुक्रवार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा ब्यानर उद्घाटन गर्दै भाद्र १४ गते मच्छेगाउँ, भलिबल ग्राउण्डमा लाखे नाचको आयोजना हुन लागेको जानकारी गराएको हो। आफ्नो कला संस्कृतिको संरक्षणका लागि वार्षिक रुपमा आयोजना हुदै आएको लाखें नाच यो वर्ष पनि भव्य र सभ्य रुपमा सम्पन्न हुने नेपाल साँस्कृतिक कला मन्दिरका संस्थापक अध्यक्ष रमेश शाहीले बताए।

संस्थाले कला संस्कृति, परम्परागतको सँस्कृति जगेर्ना गर्नेहेतुले २०७३ सालबाट प्रमुख लाखें नाचको आयोजना गरी सँस्कृति जगेर्ना गर्ने कार्यको थालनी गरेको थियो। कार्यक्रमलाई निरन्तरता दिने क्रममा २०७४ मा ‘लाखें नाच साँस्कृतिक तथा सम्मान’ को आयोजना गरेको थियो जसमा धादिङ, नुवाकोट, चरिकोट, भोजपुर, ओखलढुंगा, चितवन, गोरखा, भक्तपुर, ललितपुर, काठमाडौं लगायत १४ जिल्लाबाट उल्लेखनीय सहभागिता जनाएका थिए ।

बिगतमा भएका लाखें नाच कार्यक्रममा बिभिन्न बिद्याका ब्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा नायक राजेश हमाल, निखिल उप्रेति, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केदार घिमिरे, शैलेन्द्र सिंखडा, उत्तम केसी, दिपाश्री निरौला, नृत्य निर्देशक कमल राई, कविराज गहतराज, वीरेन्द्र हमाल, कोरियोग्राफर कृष्ण रसाल, पत्रकारहरु सानु श्रेष्ठ, गीता अधिकारी, बिष्णु सुवेदी, गायिका सहिमा श्रेष्ठ, गायक पदम राई लगायत दर्जनौ सम्मानित भइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.