सुचना, समाचार र मनोरन्जन

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो: राष्ट्रपति

काठमाडौँ,
  राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उहाँले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको  जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन ।
सो अवसरमा राष्ट्रपति पौडेलले  राजनीति तर्फको सम्मान शान्ता मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि रु १ लाख रहेको छ ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र  संविधानले राखेको लक्ष्य पूरा हुनेछ । यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।”
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सुक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गर्नुभएको उल्लेख गरे ।
उहाँले भन्नुभयो, “पुष्पलाल कम्युनिष्टहरूबीच पनि फरक चिन्तन र अलग पहिचान बनाउन सफल नेता हो । उनी  माक्र्सवादी र वर्ग संघर्र्षको सिद्धान्तबाट आएको नेता भएर पनि लोकतान्त्रिक प्रक्रियाबाटै सबै समस्याको समाधान सम्भव छ भन्ने विश्वासमा अटल भएर उभिएको एउटा असल नेता हुनुहुन्थ्यो ।”
राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए।  उनले भने, “पुष्पलालको यो चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग थियो भन्ने म ठान्दछु ।”
राष्ट्रपति पौडेलले  पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६  सालको परिवर्तनले पुष्टि गरेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलालको विचार नेपालको बामपन्थि आन्दोलनलाई नेतृत्व दिन सार्थक रहेको विचार व्यक्त गरे । नेकपा (एकीकृत समाजवादी)का नेता डा बेदुराम भुषालले पुष्पलालले बामलोकतान्त्रिक धारलाई साथसाथ लैजानुपर्छ भन्ने वितचार २०४६ सालको परिवर्तनले सिद्ध गरेको  बताए ।
सम्मानित व्यक्तित्व राजनीतिज्ञ मानवीले तत्कालीन पञ्चायत व्यवस्थाको अप्ठ्यारो परिस्थितिमा परिवर्तनका लागि आफूले जुनकिरी झै बनेर काम गरेको अनुभव सुनाए ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पुरस्कार स्थापनाको उद्देश्य र सम्मानित व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।
Leave A Reply

Your email address will not be published.