Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शनिवार मनाउँदै ५१औँ दिन मनाउँदै ‘लालीबजार’
- राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ देशभरका सिनेमाघरमा, यस्तो छ यसको कथा
- एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गतेलाई ‘हन्टर’को प्रदर्शन मिति घोषणा
- भदौ १२मा प्रदर्शन हुने ‘पार्वती’को गीत ‘नौतुनाको रेल’सार्वजनिक,छमछमी नाचे नीतादेखि दीपाश्रीसम्म
- ‘लज्जावती’को पाँच पोस्टर सार्वजनिक, साउन २९ देखि प्रदर्शन
- रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
- ‘बुलबुल’का निर्माता अविरल थापा नयाँ नायिकाको खोजीमा, सुपरस्टार बन्ने अवसर!
- युवामा लागुऔषधको महामारी, पक्राउ परेकामध्ये ४२% १६–२५ वर्षका
- पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
- बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
बागलुङ,
तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो ।
उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त बाँस तथा निगालो पाइने हुँदा तालिमबाट सीप सिकेर त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने छ । बुढापाकाले वषौँदेखि परम्परागत रुपमा ढालो, नाङ्लो, डोरी लगायत सामग्री बनाएर प्रयोग गर्दै आए पनि बिक्री कम हुँदै आएको थियो ।
बजारमा बिक्ने सामग्री निर्माण गरेर युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख ७५ हजारले युवालाई तालिम दिएको उनले जानकारी दिए ।
ललितपुरबाट प्रशिक्षक झिकाएर १५ दिने तालिम दिइरहेको अध्यक्ष बुढा मगरले बताए । उनले भने, “बाँसबाट गाउँमा अहिले बुढापाकाले विभिन्न सामग्री बनाउने गर्नुहुन्छ, उहाँहरुले बनाए पनि घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ, बजारमा लगेर बिक्री गर्ने प्रचलन कम भएकाले पुस्ताले त्यसतर्फ केन्द्रित गर्न खोजेका छौँ । युवालाई बाँसबाट आकर्षक सामग्री बनाउन सिकाएर उद्यमी बन्न प्रेरित गरिरहेका छौँ, उहाँहरूले सीप सिकेर उत्पादन गर्न थाल्नुभयो भने त्यसको बिक्रीमा समस्या भए पालिकाले सहजीकरण गर्नेछ ।”
तालिममा गाउँपालिकाका छ वटै वडाका युवाहरू सहभागी छन् । युवालाई फोटो फ्रेम, कुर्ची र टेबललगायत सामग्री बनाउने सीप सिकाइने अध्यक्ष बुढामगरले उल्लेख गरे। सीप सिकेर युवाले सामग्री बनाउन थालेपछि वनजङ्गलमा खेर गइरहेका बाँस र निगालो प्रयोगमा आउने उनको भनाइ छ ।
तालिममा सहभागी धनीराम घमालले बाँसको चुयाबाट आकर्षक सामग्री बन्ने भएकाले प्रशस्त आम्दानी गर्न सकिने बताउनुभयो । आफूले पहिलेदेखि मुढा बनाउने गरेको भन्दै अहिले तालिमबाट थुप्रै प्रकारका सामग्री बनाउन सिकिरहेको उनले उल्लेख गरे ।
तालिमपछि बाँसका सामग्री बनाएर आफ्नै आयआर्जन सर्न सकिने आत्मविश्वास बढेको उनले बताए। “हाम्रो गाउँघरमा पाइने बाँसबाट प्रयोगमा आउने आकर्षक सामान बनाउन सकिन्छ । अहिलेसम्म हामीले मेसो पाएका थिएनौँ, प्रशिक्षक सरले आकर्षक सामान बनाउन सिकाउनुभएको छ । आगामी दिनमा बाँसका सामग्री बनाएर बिक्री गर्ने योजना छ”, घमालले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ, पालिकाले सहयोग ग¥यो भने सानोतिनो उद्यम गर्ने योजना छ ।”