सुचना, समाचार र मनोरन्जन

‘ह्रस्व दीर्घ’को फस्ट लुकमा ब्रमानन्दम देखिएपछि उत्साहित नेपाली सेलिब्रेटी

काठमाडौं :

फिल्म ‘ह्रस्व दीर्घ’को फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहिबार फिल्मका मुख्य अभिनेता तथा भारतयि साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिन पारेर फस्ट लुक सार्वजनिक गरेको हो।

Chaka Panja

बिहिबार बिहानै सार्वजनिक गरिएको फिल्मको दुई पोस्टर उनलाई मात्र देखाइएको छ। पोस्टर पनि दुई भाषामा तयार पारिएको देख्न सकिन्छ।
आगामी दसैंको अवसर पारेर असोजको ११ गतेबाट रिलिज गर्ने निर्माण पक्षको तयारी छ। फिल्मलाई अभिनेत्री नीता ढुङ्गाना र हरिहर अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, किरण केसी लगायतका कलाकारको अभिनय छ । यस फिल्ममा साउथका केही कलाकारले समेत अभिनय गरेका छन्।

फिल्मको पोस्टर सार्वजनिक भएपछि नेपाली सेलिब्रेटी उत्साहित बनेका छन्। अधिकांश नेपाली कलाकारहरुले फिल्मको फस्ट लुक सामाजिक सञ्जालमार्फत सेयर गदैृ उत्साहित भएको जनाएका छन्।

फिल्ममा हरिहर अधिकारीकै कथा रहेको छ भने कविरलालको छायांकन छ। यो फिल्म नेपाल र भारतमा छायांकन गरिएको हो। फिल्ममा ९ करोड भन्दा माथिको लगानी रहने निर्माण पक्षले छायांकन अगावै जानकारी दिएको थियो।

Leave A Reply

Your email address will not be published.