सुचना, समाचार र मनोरन्जन

फिल्म ‘उपहार’को शिर्ष गीत ‘हेरेको छैन’मा अडियो र भिडियो पक्ष बलियो

काठमाडौं :

फिल्म ‘उपहार’को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तिब्र पारिरहेका छन्। आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक गरिएको छ।

रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेको फिल्मको गीतमा अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालको रहेका छन् । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । उनीहरुलाई गीतको भिडियोमा भावुक देख्न सकिन्छ।

Chaka Panja

तीनै जना अभिनेत्रीहरुको आ–आफ्नै कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ। सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ।

अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा रहेको छ। यस फिल्ममा भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

भिडियो लिंक

Leave A Reply

Your email address will not be published.