काठमाडौँ :

लोक तथा दोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता थापामगरले आजबाट सुरु हुन लागेको नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। धादिङ क्षेत्र नं. २ बाट खुल्ला महिला तर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनिएकी थापा मगरले खुल्ला महिला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएकी हुन्।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापा मगरको थुप्रै लोक दोहोरी गीत चर्चित छन्। काँग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजहरूले देखाएको बाटो पहिल्याउदै युवापुस्ता, महिलाको सम्मानजनक सहभागिता,अवसर र नेतृत्वलाई अझ बलियो बनाउने उनको संकल्प रहेको छ।