सुचना, समाचार र मनोरन्जन

‘१२ गाउँ’ले १० करोड नाफा कमाएपछि विराजले दिए छोरालाई ३ करोडको गाडी उपहार

काठमाडौं :

गत दसैंमा तीन फिल्मको भिडन्त भयो। एकसाथ प्रदर्शनमा उत्रिएका फिल्म ‘१२ गाउँ’,‘छक्का पञ्जा ५’ र ‘ज्वाई साब’मध्ये अलिक बढि कमाई विराज भट्टको १२ गाउँले गर्यो। चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट हेर्दा विराजको १२ गाउँले २१ करोड ग्रस कलेक्स गर्न सफल भयो। समिक्षात्मक रुपमा आलाचना खेपेपनि फिल्मको व्यापारले छलाङ मार्यो।

Protin

यहि फिल्मको नाफाबाट विराजले छोरो तथा अभिनेता समिर भट्टलाई तीन करोड मुल्य बराबरको गाडी उपहार दिएका छन्। फिल्म ‘१२ गाउँ’बाट १० करोड भन्दा बढी नाफा कमाएपछि उनले छोरा समीरलाई ‘ल्याण्ड क्रुजर २५०’ उपहार दिएका हुन्। विराज चावहिलस्थित टोयोटाको शोरुमा पुगेर गाडी किनेर विराज शोरुममा नै केक काटेको तस्विर बाहिरिएको छ।

केक काटेपछि विराज आफैले गाडी चलाएर निस्केर घर पुगेका थिए। फिल्म ‘१२ गाउँ’पछि समीरलाई फिल्म खेलाउने अभिनेताको लाइन लागेको छ। पछिल्लो समय उनी सन्तोस सेनको फिल्म ‘बलिदान’को सेटमा बसेर काम गरिहेका छन्। उनी पुर्वको मोरङ जिल्लाको कानेपोखरीमा अवस्थित फिल्म सुटिङ सेटमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.