सुचना, समाचार र मनोरन्जन

सम्पन्नाको ठुलो मन : आफ्नो जन्मदिनमा उद्धार गरिएका कुकुर बिरालोलाई खुवाइन खाना

कास्की :

पोखराको ग्लोबल कलेजियट माविमा ९ कक्षामा अध्ययनरत सम्पन्ना भट्टले आफ्नो जन्मदिन फरक ढंगले मनाएकी छन् । उनले चाँदनी एनिमल रेस्क्यू एन्ड केयर सेन्टरमा पुगेर उद्धार गरिएका कुकुर बिरालोसँग खानेकुरा खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।

जुन कुराको यतिबेला सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उनको प्रशंसा भइरहेको छ। चाँदनी केयर सेन्टरमा अपांग भएका र घाइते भएका जीवहरुलाई उद्धार गरी औषधोपचार पश्चात् संरक्षण गर्दै आइएको छ।

उक्त ठाउँमा गाडी तथा मोटरसाइकलको ठक्करबाट घाइते भएका, सडक कुकुर तथा बिरामी रोगी जीव जनावरलाई उद्धार गरी चाँदनी केयरमा राखी पुनर्जीवन गरिँदै आएको छ। सम्पन्नाले यस अघिको जन्मदिनमा पोखराकै बृद्धाश्रमहरुमा ज्येष्ठ नागरिकलाई भोजन गराउँदै मनाउँदै आएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.