सुचना, समाचार र मनोरन्जन

सराङ्गकोटमा सचार मन्त्री गुरुङ्ग: “पर्यटन प्रबधनका लागी धार्मिक क्षेत्र महत्वपूर्ण”

पोखरा/

पर्यटन प्रबधनका लागी धार्मिक क्षेत्रको भुमिका महत्वपुर्ण रहने नेपाल सरकारका प्रवत्ता एवं सुचना तथा संचार प्रवृद्धी मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बताए ।

नेपालको पर्यटन प्रवर्धनका लागी धार्मिक एतिहासीक क्षेत्रको भूमिका महत्वपुर्ण रहेकोले यसको संरक्षणमा सरकारले सहयोग गर्ने बताउनुभएको छ। धार्मिक पर्यटनलाई महत्व दिनसके वह्यि तथा आन्तरिक पर्यटन केन्द्र बनाउन सकिने मन्त्री गुरुङ्गले बताए ।

सराङ्गकोटलाई धामको रुपमा विकास गर्ने उद्देश्यले २०६३ देखि शुरुगरीएको बृहत गुरुयोजना अर्न्तगत निर्माण सम्पन्न गरीएको विशाल पञ्चपुखी गणेश मुर्ति, विशाल शिव मन्दिर १०८ जलधारा, १०८ शिवलिङ्ग भ्युटावर बहुउद्देश्यीय भवन सहित योजना समुद्घाटन, फाल्गुण १४ गते देखि शुरु गरिन लागिएको धार्मिक पर्यटन महाउत्सव बारेमा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई जानकारी गराईएको थियो ।

पोखरा महानगरपालीकाका प्रमुख श्री धनराज आचार्यले धार्मिक आस्थाको सङ्गै पर्यटकलाई सराङ्गकोट प्राकृतिक सौन्दर्य र साँस्कृतिक महाउत्सवको अवलोकन गराउने उद्देश्य महाउत्सवको आयोजना गरीएको बताए ।

सराङ्गकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितीको पहलमा नेपाल सरकार, प्रदेश स्थानिय निकाय र स्थानीय सहयोगी दाताहरुको सहयोगमा ३५ करोड लगानी गरीसकिएको, बार्किं योजना सम्पन्नका लागी थप १५ करोड आवाश्यक रहेको अध्यक्ष प्रेम बहादुर जि.सीले बताए । महाउत्सव सम्पनका लागी एक हजार एक सय एघार समिती गठन भई धार्मिक पर्यटन सबै श्रीमदभागवद् ज्ञान महायज्ञका लागी भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचक रहनुभएको प्रचार प्रसार संयोजक श्री कृष्ण बहादुर थापाले बताए ।

Leave A Reply

Your email address will not be published.