सुचना, समाचार र मनोरन्जन

‘हर्ष’को ट्रेलरमा सन्तोष पन्तको रोचक टिप्पणी : ‘फिल्म चलाउन फन्डा चाहिन्छ’

काठमाडौं :

यतिबेला बेला नेपाली फिल्म बजारमा कसरी फिल्म चलाउने भन्ने फण्डा अपनाउने गरिन्छ। कहिले फिल्म हलमा रोएर हुन्छ कि या कसैलाई गाली गरेर। जे जसरी भए पनि उनीहरु आफ्नो फिल्मको चर्चा गर्न अग्रसर हुन्छन्।

यहि फण्डा अपनाउन नजानेर आफ्नो फिल्म डुबेको हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तले बताए। उनले आफु अभिनित फिल्म ‘हर्ष’को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक एकता पौडेललाई फिल्म चलाउनका लागि फण्डा गर्न सुझाव दिए।

उनले भने–‘यहाँ फिल्म बनाउन भन्दा चलाउन गाह्रो छ। यसैले, फिल्म चलाउन कुनै न कुनै फन्डा चाहिन्छ । फन्डा जानिएन भने फिल्म चलाउन गाह्रो हुन्छ। हर्षको निर्माणपक्षले पनि कुनै न कुनै फन्डा निकालेर फिल्म चलाओस् भन्ने मेरो आग्रह छ। यही, फन्डा नजानेर मेरो फिल्म ‘हिजो आजका कुरा’ डुब्यो।’

अठाई वर्षपछि फिल्ममा अभिनय गरेका उनले निर्देशक पौडेललाई फिल्म चलाउनका लागि आफै ‘सन्तोष पन्त मर्यो’ भन्ने हल्ला फिँजाएर भए पनि चलाउँदा सुझाव दिए।  ‘मलाई केही महिनाका लागि अष्ट्रेलिया पठाइदिनुहोस्,’उनले निर्देशक तर्फ हेर्दै भने,‘अनि म मर्यो भनेर हल्ला गर्दिनुहोस्।’ पन्तले आफैले निर्माण गरेको फिल्म ‘हिजो आजका कुरा’ले लगानी उठाउन सकेको थिए।

पारिवारिक कथावस्तुमा आधारित निर्माण भएको यो फिल्ममा सन्तोषका अलवा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन घर्तिमगरसहित नीर शाह,शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको अभिनय रहेको छ। फिल्मको छायांकन आलोक शुक्ला, संगीत समीर र हिमाल, बसन्त सापकोटा र एलिश कार्की, सम्पादन लोकेश बज्राचार्य र कोरियोग्राफी सुनिल क्षेत्री तथा निर्देशक पौडेल स्वयंले गरेका छन्।

Leave A Reply

Your email address will not be published.