सुचना, समाचार र मनोरन्जन

इजलासमा फर्किइन् सपना प्रधान मल्ल

काठमाडौँ,

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि इजलासमा फर्किएकी छिन् । गत जेठ ५ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा।मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले बिदा स्वीकृत गरेर बिदामा बसेकी थिइन् ।

उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ । उनको इजलासमा ७ वटा पेसी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा पेसी तोकिएको छ ।

सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।

Leave A Reply

Your email address will not be published.