सुचना, समाचार र मनोरन्जन

रवि लामिछानेले दलहरूलाई गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् ।

उनले सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

‘उहाँ (रवि लामिछाने) ले आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराउनुभयो’ सर्वदलीय बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

लामिछानेले यही जेठ १८ गतेदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

Leave A Reply

Your email address will not be published.