सुचना, समाचार र मनोरन्जन

सरोज खनालको ‘जिउँदा देवता’ मा गौरी मल्ल

काठमाडौं :

सरोज खनालको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘जिउँदो देवाता’ रिलिज भएको छ। गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको गीत ’जिउँदा देवता’ को सांगीतिक लघु फिल्म सार्वजनिक भएको हो।

Chaka Panja

गीतमा कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रिय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको छ। मार्मिक गीतको सांगीतिक लघु चलचित्र सार्वजनिक भएको छ। उक्त भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा घटिरहेका समसामयिक विषयवस्तुलाई जोडदार रुपमा प्रस्तुत गरिएको छ।

लघु फिल्मलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने भिडियोमा अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाले अभिनय गरेका छन्। गीतको भिडियो निकै सुन्दर बनेको छ।

Leave A Reply

Your email address will not be published.