सुचना, समाचार र मनोरन्जन

ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले घोषणा गरे ‘कोशेढुङ्गा’

काठमाडौं :

हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

निर्देशकपौडेलले आफूले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन्। थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन्। माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपर क्षितिज छ।

Pach Pandav

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ। डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ।

यो पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ । अभाव, अग्लो सपना र संघर्षको कथा फिल्मले भन्ने संकेत गरेको छ। यसबारे निर्माणपक्षले भने केही बोलेको छैन्। अर्को वर्ष रिलिजको योजनामा निर्माण पक्ष रहेको छ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा कलाकारको बारेमा जानकारी दिइएको छैन। तर निर्माण पक्षको भने टुङ्गो लागेको छ। यस फिल्ममाप्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहने यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। फिल्मका गीतमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् निर्माण पक्षले जानकारी दिएको छ।
निर्देशक पौडेलले फिल्मका बारेमा पत्रकारसँगको कुराकानीमा भने,‘सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ । तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ।’

उनले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखिसकेको छ । करिब ५० करोड रुपैयाँ नेपाली बक्सअफिसबाट मात्रै कलेक्सन गरेको छ ।

Leave A Reply

Your email address will not be published.