सुचना, समाचार र मनोरन्जन

‘सतीदेवी’ मलिकालाई कालोमोसो र जुत्ताको माला

काठमाडौं :

सामाजिक कथामा निर्मित फिल्म ‘सतीदेवी’को फस्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको फस्टलुकमा अभिनेत्री मलिका महत तनावग्रस्त अबस्थामा भाग्दै गरेकोे देख्न सकिन्छ। जहाँ उनलाई गाउँलेहरुले लखेटिरहेका छन्। यस कारण पनि यो फिल्मको चर्चा यतिबेला भएको हो।

यसअघिका फिल्म तथा म्युजिक भिडियोका कारण लभर गर्लका रुपमा परिचित भएकी मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने मिहिनेती अभिनेत्रीका रुपमा लिन थालिएको छ । फस्टलुकबाटै चर्चाको चुलिन थालेको फिल्म ‘सतीदेवी’ को अगामी दिनका प्रचार सामाग्री,टिजर,टे«लर तथा गीत कस्तो होलान् भनेर अहिले दर्शकमाझ कौतुहलता समेत बढेको छ।

फिल्मको फस्टलुकको तारिफ गर्दै दीपकराज गिरी,रेखा थापा,पूजा शर्मा,केकी अधिकारी,वर्षा शिवाकोटी,सुरक्षा पन्त,गजित बिष्ट,प्रताप दासलगायतका सेलिब्रेटीले समेत फेसबुकमा शेयर गरेका छन् । अभिनेता तथा निर्देशक सरोज खनाल,स्वस्तिमा खड्का,पल शाह,वर्षा राउत,कुन्साङ बमजनलगायतले आफ्नो आधिकारित सामाजिक सञ्जाल इस्टामा शेयर गर्दै शुभकामना दिएका छन्।

पोस्टरबाटै प्रयाप्त कुतुहलता जगाउन सफल फिल्ममा मलिकाको भूमिका के हो ? त्यो भने निर्देशक सुवेदीले खुलाएका छैनन् । उनले पोस्टरमा यो फिल्म आफ्नी स्वर्गबासी आमा तेजकुमारी र बा भक्तिराम सुवेदीमा समर्पित गरेको उल्लेख गरेका छन्।

पोस्टरको एक छेउमा–‘इश्वरका उपहार,सृष्टि चलाउछन्,हैनन् कर्महारा, छोरी बुझौं,छोरी पुजौँ,यिनै संसार सारा..’ भन्ने कवितात्मक भाव प्रस्तुत गरिएको छ । जसबाट ‘सतीदेवी’ छोरी प्रदान फिल्म भएको स्पष्ट संकेत मिल्दछ । निर्देशक सुवेदीले फिल्म विशुद्ध सामाजिक कथामा बनेको दावी गर्दै आइरहेका छन्।

दिलासा कृएसन प्रालीले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको फिल्मको स्क्रिप्ट र गीत निर्देशक सुवेदी स्वयम्ले लेखेका हुन् । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी सुवेदी रहेकी छन्।

मलिका शीर्ष भूमिकामा रहेको फिल्ममा हर्षिका वली र मञ्जिला बाँनीया बालकलाकार अहम् भूमिकामा रहेको बताइन्छ। साथमा कुलदीप अधिकारी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,रमेश बुढाथोकी,भोला सापकोटा,सुजीता शिवाकोटी,सन्देश लिम्बू,मनिषा सापकोटा,बिमल श्रेष्ठ,इश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन्।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको फिल्मका गीतमा प्रताप दास,दीपा लामा,ममता गुरुङ र सविन सुवेदीले गाएका छन्। बाबु श्रेष्ठले खिचेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछाने र पाश्र्व संगीत सम्राट थापाको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.