सुचना, समाचार र मनोरन्जन
jaar

सौगात मल्लको दाबी : ‘बम बहादुर’ कथामा दर्शकले आफ्नै कथा देख्नेछन्

इटहरी :

यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको छ। पुषको पहिलो साता प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारप्रसार तिब्र पारिएको छ। फिल्मको प्रचार गर्दै पूर्वी नेपालको इटहरी पुगेका कलाकारहरुले फिल्मको कथाबारे प्रष्ट्याएका छन्।

आइतबार भएको उक्त समारोहमा फिल्मका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थितिमा आफ्नो भनाई राखेका थिए। पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा फिल्मका कलाकारहरूले आफ्नो अनुभव साटासाट गरेका थिए । सो क्रममा प्रमुख अभिनेता सौगात मल्लले यो चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गर ।

फिल्म ‘बम बहादुर’ले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको निर्माण पक्षको दाबी छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको निर्माण टिमले पत्रकारलाई सुनाए।
लेखक तथा निर्देशक जोन राईले यो चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए। चलचित्रको महत्वलाई उजागर गर्दै राईले भने,‘अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस्। भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो।’
अभिनेता सौगात मल्लले फिल्म ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे ।
‘मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ। स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो। म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन्। नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ।’उनले भने।
उनले अगाडि भने,‘यो कथा कसरी बुन्न सकिन्छ होला भन्ने थियो । त्यहाँ सुटिङमा जुन खालको सम्मान पाएँ, ती ठाउँहरू मेरा एकदमै प्रिय भएका छन्। यो चलचित्र राम्रो बनेकोले हामी सबैको मन जित्ने विश्वास छ । मेरो पात्र रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन।’
फिल्मकी प्रमुख अभिनेत्री अनिशा रसाइलीले यो चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन्।
उनले भनिन्,‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो। मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस्। हामी सबै एउटै हौँ।’

कलाकार शान्तिला तामाङले यस फिल्मबाट आफूले ठूलो आशा बोकेको बताइन् । दार्जिलिङ निवासी उनले भनिन्, ‘नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ। फिल्ममा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुन्छ।’

Leave A Reply

Your email address will not be published.