सुचना, समाचार र मनोरन्जन

भूषण र शान्ति श्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवन

काठमाडौँ :

पछिल्लो समयकी चर्चित गायिका शान्ति श्री परियारलाई स्टेज तथा विभिन्न कार्यक्रममा भ्याई नभ्याई छ। उनी देश तथा विदेशका कार्यक्रममा उस्तै दौडधुप छिन्। हालै उनले भूषण खतिवडासँग ‘माया बराबर’को गीत गाएकी छन्। जुन गीतको भिडियो समेत सार्वजनिक गरिएको छ।

फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनकि भएको हो। ‘नेपमेलो’ नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ।

Chaka Panja

सार्वजनिक भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। उत्सव दाहालको छायाङ्कनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ । यस ‘माया बराबर’ गीतको भिडियोलाई कलाकार द्वय लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.