सुचना, समाचार र मनोरन्जन

सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन

विराटनगर,

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको छ।

Chaka Panja

आइतबार राति दुई समूहबिचको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागी एक २४ वर्षीय युवकको मृत्यु र नौ जना घाइते भएपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

कर्फ्युका बाबजुद सोमबार बिहान करिब हजारौँको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रदर्शनकारीले कप्तानगन्ज क्षेत्रमा पाँचवटा पसलमा तोडफोड गरी आगजनी गर्नुका साथै पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध पारेका छन्।

बढ्दो भिड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयास असफल भएपछि बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गरिएको र हाल सुरक्षा उपस्थिति सुदृढ गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख वासुदेव घिमिरेले बताए।

Leave A Reply

Your email address will not be published.