काठमाडौँ :
गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको यस गीतले दर्शक तथा श्रोतामाझ सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया पाइरहेको छ।
गीतमा भुवन बीकेको शब्द रचना रहेको छ भने संगीत स्वयं गायक अजय आरएनले भरेका हुन्। गीतको संगीत संयोजन पनि भुवन बीकेले नै गरेका हुन्। त्यस्तै, गीतको रेकर्डिङ गोविन्द अनेक, प्रि-मिक्सिङ कमल थापा र मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
‘पिर दियौ’ गीतले प्रेम सम्बन्धमा आउने पीडा, बिछोड र भावनात्मक उतारचढावलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। उत्कृष्ट शब्द, संगीत र आकर्षक भिडियोका कारण यस गीतले नेपाली लोकसंगीत प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
गीतको आकर्षक भिडियोमा गायक अजय आरएनका साथै नारायणी खत्री र गोविन्द पहाडीको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका हुन् भने छायांकन बुद्ध थापाले गरेका हुन्। यस गीतको भिडियोलाई मुकेश नेपालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।