सुचना, समाचार र मनोरन्जन

बिहिवार शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा पुग्यो

काठमाडौँ,
साताको अन्तिम कारोबारमा शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ०४ अङ्कले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज बैंक समूहको शेयर झन्डै ४ प्रतिशतले बढेको छ भने होटल समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड २३ लाख कित्ता शेयर ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave A Reply

Your email address will not be published.