सुचना, समाचार र मनोरन्जन

परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तिर्ण भइन् सुहाना

काठमाडौं :

अभिनेत्री सुहाना थापा परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तिर्ण भएकी छन्। उनले अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट दीक्षित भएकी हुन्।

सुहानाले स्नातकोत्तर पास गरेपछि उनका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापा खुशी भएका छन्। उनले छोरी मनोविज्ञ बनेकोमा खुसी व्यक्त गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। ‘एक बाबुको नाताले यो खुसीलाई शब्दमा व्यक्त गर्न गाह्रो छ’ उनले लेखेका छन्, ‘आजको दिन मेरो जीवनको अविष्मरणीय क्षण हो।’

संस्कार र शिक्षा सन्तानलाई दिने सबैभन्दा अमूल्य सम्पत्ति भएको बताउँदै थापाले लेखेका छन्, ‘ बचपनदेखि देखिएको उसको समर्पण, मेहनत र धैर्य आज फलदायी बनेको देख्दा, एक बाबुको नाताले यो खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । मेरो विश्वास छ( शिक्षा र संस्कारको यो बाटो उसलाई अझ उचाइमा पुर्‍याओस् । सधैं गर्व गर्छु तिमीमाथि, छोरी। लभ यू प्रिन्सेस।’

सुहानाको दीक्षान्त समरोहमा उनकी आमा तथा फिल्म निर्देशक,अभिनेत्री झरना थापा देखिएकी छन्। उनी उतै न्यूयोर्कमा रहेकी थिइन्। आमाछोरीले समारोहको केहि तस्बिहरु सामाजिक सञ्जालमा राखेका छन्। उनीहरुका अनुसार आमाछोरी शुक्रबार नेपाल आउँदैछन्। उनीहरु नेपाल आइसकेपछि भदौदेखि सुटिङ हुने होमप्रोडक्सनको फिल्म ‘ए मेरो हजुर ५’को काम थाल्नेछन्।

Leave A Reply

Your email address will not be published.