सुचना, समाचार र मनोरन्जन

सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने

काठमाडौँ :

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ का विजेताहरूले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्। सामरी इन्टरनेसनल इभेन्ट प्रालिको आयोजनामा गत साउन १६ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा ४७ वर्षीया सुमित्रा श्रेष्ठ (रोजि) ले ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेकी हुन्।

Chaka Panja

पेशायोग्य गायिका तथा व्यवसायी समेत रहेकी सुमित्राले थाइल्यान्डमा आयोजना हुने ‘मिसेस क्लासिक एसिया इन्टरनेसनल पेजेन्ट’ मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन्। अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा उनले आयोजक, परिवार तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

यस्तै सोही प्रतियोगिताकी फर्स्ट रनरअप ४३ वर्षीया कल्पना प्रसाईं (कामना) र थर्ड रनरअप ४८ वर्षीया गंगा न्यौपाने राउत (गम्भीर गंगा) ले पनि थाइल्यान्डमा हुने ‘मिसेस एसिया इन्टरनेसनल पेजेन्ट’ मा भाग लिने भएका छन्। सामाजिक अभियन्ता कल्पना र एलएलबी अध्ययनरत एवं विभिन्न सामाजिक संघसंस्थामा सक्रिय गंगाले शिक्षित तथा सचेत महिलाको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउनेछन्।

‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को आयोजना सामरी इन्टरनेसनल इभेन्ट तथा सामरी ग्रुपका सीईओ भरत सामरीले गरेका हुन्। ३३ वर्षीय सामरी गायक, र्‍यापर र सामाजिक अभियन्ता हुन्। उनी स्वयंले थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली टोलीको नेतृत्व गर्नेछन्। काठमाडौँमा आयोजित राष्ट्रिय प्रतियोगितामा अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यसहित विभिन्न क्षेत्रका कोरियोग्राफर तथा फेसन डिजाइनरहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.