
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’मा इभाको नृत्य
- गृह मन्त्रालयद्वारा अर्को निर्णय नभएसम्मका लागि एन–प्याब्सन निलम्बित
- बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना, बेपत्ता व्यक्तिको खोजी जारी
- तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ वटा स्टल रहने
- विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
- सोलुखुम्बुको गुडलक होटलमा आगलागी, दुई भवन पूर्णरूपमा जले
- विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधकः नेपाली सेना
- नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा र प्रविधिमैत्री व्यवस्थापनमा जोड
- पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य
- दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार
उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
काठमाडौँ,
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ(स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ ।
यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको हो ।

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ सूचालक जडान गरिरहेको छ । उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ ।
कम क्षमताको पुरानो सूचालकको सट्टा ‘एचटिएलएस कन्डक्टर’ ९बढी क्षमताको विद्युतीयर भार वहन गर्न सक्ने० सूचालक जडान गर्न लागिएको हो । डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर सूचालक बदल्न बाँकी रहेको छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् बहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सवस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने जनाइएको छ ।