सुचना, समाचार र मनोरन्जन

नायिका प्रियंका कार्कीको उपस्थितिमा पोखरामा ‘फेवा मसला’ सार्वजनिक

पोखरा,

 फेवा मल्टी प्रोडक्ट्स प्रा.लि.ले आफ्नो नयाँ उत्पादन ‘फेवा मसला’ पोखरामा भव्य समारोहबीच सार्वजनिक गरेको छ। शुक्रबार साँझ पोखरा इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा मसलाको औपचारिक शुभारम्भ गरिएको हो।

कार्यक्रममा चर्चित नेपाली अभिनेत्री प्रियंका कार्की ‘शो स्टपर’ का रूपमा प्रस्तुत भएकी थिइन् भने सेजल राजभण्डारीले ‘शो स्टार्टर’ का रूपमा कार्यक्रमको सुरुवात गरेकी थिइन्। आकर्षक मञ्च सजावट, मनोरञ्जनात्मक प्रस्तुति र कलाकारको उपस्थितिले माहोल गर्माएको थियो ।

Chaka Panja

लामो समयदेखि कुखुराको मासु, ससेजलगायत खाद्य उत्पादनमार्फत उपभोक्ताको विश्वास जित्दै आएको कम्पनीले आफ्नो व्यावसायिक यात्रा विस्तार गर्ने उद्देश्यसहित ‘फेवा मसला’ बजारमा ल्याएको हो। कम्पनीले गुणस्तर, स्वाद र उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नेपाली भान्साको स्वादलाई अझ समृद्ध बनाउने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका अध्यक्ष सूर्यप्रसाद बरालले फेवा मसलाको शुभारम्भलाई कम्पनीको व्यावसायिक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे। उनले उपभोक्ताको विश्वास कायम राख्दै गुणस्तरीय उत्पादन र स्वदेशी उत्पादनको प्रवर्द्धनलाई निरन्तर प्राथमिकतामा राख्ने बताए।

कुखुराको मासु र ससेज उत्पादनबाट पहिचान बनाएको कम्पनीले मसला उत्पादनमा समेत प्रवेश गर्नु व्यवसाय विस्तार र उत्पादन विविधीकरणको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

‘फेवा मसला’को शुभारम्भसँगै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य राखेको छ। मनोरञ्जन, फेसन र व्यावसायिक प्रवर्द्धनलाई जोडेर आयोजना गरिएको समारोहले स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा समेत जोड दिएको थियो।

Leave A Reply

Your email address will not be published.