सुचना, समाचार र मनोरन्जन

सुशिला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’

काठमाडौं  :

गायिका सुशिला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो।

Pach Pandav

गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ। आफ्नो प्यारो मान्छेको हृदयको धडकन बन्न चाह यसमा व्यक्त गरिएको छ । शब्दहरू प्रेमिल छन् भने सङ्गीत पनि कर्णप्रिय छ।
भिडियोमा पशुपति श्रेष्ठ/बद्री श्रेष्ठ/सुमन पी मैनालीको छायांकन एवं सम्पादन रहको छ। सानैदेखि गीत संगीतमा लगाव राख्नुहुने सुशिला पछिल्लो समय अमेरिकाको बोस्टनमा बस्दै आउनुभएको छ।

विदेशमा रहेपनि उहाँ नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आउनुभएको छ। ‘तिम्रो मायाको छयारीमा’ गीतलाई गायिका सुशिलाकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.