सुचना, समाचार र मनोरन्जन

व्यापक काँटछाँट पश्चात सेन्सर पास भयो ‘ताण्डवम्’,भोलीबाट नै हलमा लाग्ने

काठमाडौं :

अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको फिल्म ‘ताण्डवम्’ सेन्सर पास भएको छ। निर्माण टिमले व्यापक काँटछाँट पश्चात बिहिबार केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)पिजी सर्टिफिकेट दिएको हो।

अब यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ। निर्देशक जुनिम गहतराजले बताए। फिल्मका अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरि सिनेमाको हिंसात्मक दृश्य काटिएको दाबी गरेका छन्। पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ। पुरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए।

पिजी सर्टिफिकेट लिएपछि निर्देशक गहतराजले पत्रकारसँग कुराकानी गर्दै भने,‘हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ।’

यो फिल्मको सेन्सर पास भएसँगै आजै अग्रीम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ। भोली शुक्रबार फागुन ९ गतेबाट फिल्ममा देशभरका सिनेमा घरमा रिलिज हुनेछ। फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज,अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ। फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

Leave A Reply

Your email address will not be published.