Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ९ करोड कमाउँदै ब्लकबस्टर, आर्थिक वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म
- लक्ष्मी गिरी अभिनित ‘भागदौड’ असार २६ मा प्रदर्शन हुने, अनिशा श्रेष्ठ र घनश्याम जोशी मुख्य कलाकार
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन सम्पन्न, ५८ बालबालिका फाइनलका लागि छनोट
- शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
- भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन, ३९६ सिटको क्षमता
- मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’असाजमा,नारायण त्रिपाठीको दुई दशकपछि कमब्याक
- नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
- मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल
- पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश
- हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
तरकारीले पाएन मूल्य
चितवन,
जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौँ ।”
बाह्र बिगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएकी उहाँ तरकारीले उचित मूल्य नपाउँदा आफूलगायत किसान मारमा परेको बताउनुभयो । उहाँका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा उठ्न नसकेको उहाँको भनाइ छ ।
यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उहाँले दुई बिगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएको छ । उहाँको बारीमा अहिले तने बोडी, काँक्राजस्ता तरकारी लगाउँदै आउनुभएको छ । उहाँले अहिले १० कट्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाएपछि त्यतिकै राख्नुभएको छ । उहाँले भन्नुभयो, “तरकारीले मूल्य पाउन सकेन बिचौलिया मोटाएको देखियो ।” किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानले तरकारी बिक्री गर्न सकेका छैनन् ।
उहाँका अनुसार लागत मूल्यसमेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान सङ्घर्ष समिति बनाएर प्रदर्शन गर्ने तयारीमा किसान रहेको सङ्घर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताउनुभयो ।
न्यौपानेले भन्नुभयो, “किसानसँग प्रतिकेजी रु पाँचदेखि १० मा किनेर उपभोक्ताहरुकामा पुग्दा रु ७० देखि ८० मा बिक्री हुने गरेको छ ।” आफूहरुले बजारमा उपभोक्ता मूल्य बुझेको बताउँदै उहाँले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताउनुभयो । बीउ, मल, विषादी, जनशक्ति, सिँचाइ, ढुवानीको लागत मूल्यसमेत उठ्न नसकेको उहाँले बताउनुभयो ।
राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न उहाँले आग्रह गर्नुभयो । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उहाँको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आइएको छ । जहाँ एक हजार किसान सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेको इकाइका प्रमुख महेश रेग्मीले बताउनुभयो ।
Next Post