पोखरा :
दशैं तथा चाडपर्वलाई लक्षित गर्दै टीभीएस मोटरसाइकल तथा स्कुटरको पोखराका लागि आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले आकर्षक ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ। स्क्वायर्स मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठका अनुसार ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक अवसर प्राप्त गर्नेछन्।
“चाडपर्वको अवसरमा ग्राहकलाई सवारी खरिदसँगै थप लाभ र आकर्षक अवसर प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएका हौँ,” श्रेष्ठले बताउनुभयो। यससँगै दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिस उपलब्ध गराइनेछ। दशैंमा सवारी खरिदलाई थप सहज बनाउन आकर्षक फाइनान्स सुविधासमेत उपलब्ध रहेको प्रबन्ध निर्देशक विनोज पोटेले जानकारी दिनुभयो।
यसैबीच, टीभीएसले पोखराको सिर्जनाचोकमा एक्सचेञ्ज क्याम्पसमेत सुरु गरेको छ। बिक्री प्रबन्धक सन्तोष पोखरेलका अनुसार क्याम्पमा जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस लिन सकिनेछ। एक्सचेञ्ज क्याम्प असोज ७ गतेसम्म सञ्चालन हुनेछ। दशैंको किनमेललाई अवसरमा बदल्दै टीभीएसले अफर, एक्सचेञ्ज, फाइनान्स र सर्भिस सुविधालाई एउटै योजनामा समेटेको छ।