सुचना, समाचार र मनोरन्जन

उषा उप्रेतीले नाचिन् भोजपुरी फिल्मको गीतमा

काठमाडौं :

नेपाली कलाकारहरु पछिल्लो समय विदेशी फिल्ममा समेत अभिनय गर्न थालेका छन्। नेपाली म्युजिक भिडियोकी मोडल उषा उप्रेतीले पनि हालै एक भोजपुरी फिल्मको गीतमा नाचेकी छन्।

भोजपुरी फिल्म ‘राजा रानी’मा समावेश ‘हमारी जान के जवानी जिन्दावाद’मा नृत्य गरेपछि उनको चर्चा चुलिएको हो। यो फिल्मको गीतमा उनले भोजपुरी अभिनेता खेसारीलाल यादवसँग नाचेकी हुन्। निर्माण पक्षका अनुसार उषाले एउटा गीतमा मात्र कम्मर मर्काएकी हुन्। । यो गीतको छायांकन भक्तपुरमा गरिएको थियो।

Leave A Reply

Your email address will not be published.