सुचना, समाचार र मनोरन्जन

विजय बर्मा र तमन्ना भाटियाको कहिले होला बिहे?

एजेन्सी :

भारतिय सञ्चारमाध्यममा यतिबेला बलिउड अभिनेता विजय बर्मा र अभिनेत्री तमन्ना भाटियाको बिहेको कुराले चर्चा पाउन थालेको छ। उनीहरु पछिल्लो समय डेट गरिरहेका छन् । त्यस कारण पनि उनीहरुको सम्बन्धलाई लिएर मिडियामा अनेक आँकल बाजी गरिरहेका छन्।

उनीको विषयमा मिडियाले विभिन्न आँकल गर्नु पनि स्वभाविक नै देखिन्छ । किनभने यो जोडी प्राय कार्यक्रम र पार्टीमा साथसाथै देखिदै आएका छन्। त्यस कारण उनीहरुको फ्यानहरुले यी दुईको कहिले बिहे होला विहे भन्दै चासो लिन थालेका छन्।

हालै अभिनेता बर्माले बिहेको बारेमा मुख खोलेपछि झन् चासोको विषय बनेको छ। हालै एक मिडियाले सोधेको प्रश्नको जवाफमा उनले भनेका छन्,‘पहिलो कुरा त यो हो कि कोही पनि केटी चाहँदिन कि म बिहे गरूँ । न त म यसको जवाफ आफ्नो आमालाई दिन सक्छु न त अरु कसैलाई ।’

तर, आलियाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनन्। उनीहरुबीच पारिवारिक कुरा नमिलेको बुझिएको छ। ऋालियाले विवाहको लागि दबाब दिएपनि विजय रोक्ने प्रयासमा छन्। विजय बर्माले डार्लिङ्स फिल्ममा आलिया भट्टको पतिको भूमिका निभाएका थिए। जुन निकै चर्चामा रहेको थियो।

Leave A Reply

Your email address will not be published.