सुचना, समाचार र मनोरन्जन

यश कुमारले नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक

काठमाडौं :

गायक यश कुमारले नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाको रुपमा तयार पारिएको यो गीतको भिडियो रिलिज गरिएको हो। यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा सिनेमा निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए।

निर्देशक घिमिरेले आफु गायक यश कुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए। म पनि धेरै समयपछि नेपाली सिनेमाको निर्देशनमा कमव्याक गर्दैछु। त्यसका लागि पनि मैले आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको अनुभव सुनाए। यो गीतकी गायिका स्मिता दार्जिलिङको कालिङपोङ्गबाट काठमाडौं आएर गायनमा जमेको देख्दा खुशी लाग्यो। उहाँको भविष्य उज्वल देखेको निर्देशक घिमिरेले बताए।

गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेञ्ज र मिक्सिङ्ग देवेस राईले गरेका हुन्। यो गीतको भिडियामा पनि यश र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीहरुसँगै राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ । यसको निर्देशन यश कुमारले नै गरेका हुन्।

चर्चित डिओपी हरि हुँमागाईले खिचेको गीतको भिडियोमा विकास धमालाको सम्पादन तथा कलर, मेकअप तुलसा लिम्बुको रहेको छ। गीतको भिडियो यश कुमारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।

Leave A Reply

Your email address will not be published.