सुचना, समाचार र मनोरन्जन
Sarangi

समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवस्यक: अध्यक्ष तिमिल्सिना

पोखरा/

पोखरां–२५ वडा कार्यालयको आयोजनामा हेमजामा रहेका विभिन्न यूवा क्लबहरुसंग मंगलवार अनतरक्रिया गरिएको छ ।

युवाहरुलाई वडाको वार्षिक गतिविधिको जनकारी दिनुका साथै चालु आ.व लक्षित आर्थिक, सामाजिक र भौतिक विकासात्मक छलफललाई जोड दिन कार्यक्रमको आयोजन गरिएको अध्यक्ष्म मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष तिमिल्सिनाले वडा बाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवस्थक सहेको बताए ।

कार्यक्रममा उपस्थित युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको , मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोक देखि यम्दी सम्मको सडक निर्माणमा ढिलाइका कारण वर्षायाम संगै हिलाम्मे सडकले आवतजावतमा हैरानी, डिजिटल पुस्तकालय अर्यात इ–लाइब्रेरीको अवस्यकता ,युवा उद्धयमी सम्बन्धि सिफारिस निशुल्क गर्न आग्रह ,दुर्धटना न्युनिकरणका लागि स्कुल स्कुलका ट्राफिक जनचेतना कार्यक्रम गर्नुपर्ने,वडा तहका विभिन्न समिति गठनमा युवा प्रतिनिधित्व हुनुपर्ने, विनाधितो सहुलियत दरमा व्यवसायिक ऋण, एकीकृत कर प्रणाली लागु गर्नुपर्ने लगायतका समस्या राखेका थिए ।

महनगर व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले साना व्यवसायीका लागी वित्तीय योजना तथा सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ हेमजा , लियो क्लब अफ हेमजा ,लियो पोखरा गण्डकी,लियो पोखरा नर्थ, हेमजा यूनाईटेड, विष्णुपादुका क्लब, आमासमुह साथै विभिन्न संधसंस्थाका युवा नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

भदौ ६ गते सामुदायिक तथा संस्थागत विद्यालय प्र.अ र वि.त्य. समितिका अध्यक्षहरु संग, ७ गते कृषकहरु संग र ८ गते बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु संग छलफल तथा अन्तरक्रिय कार्यक्रमको आयोजन गरिएको सुचना अधिकारी इश्वरी बास्तोलाले बताए ।

Leave A Reply

Your email address will not be published.