सुचना, समाचार र मनोरन्जन

‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक : पश्चिमका मेलामहोत्सवमा पुगे सौगात मल्लदेखि कमलमणि नेपाल

काठमाडौं :

आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक भइरहेको छ। यति बेला फिल्मका कलाकारहरु देशका विभिन्न स्थानमा भइरहेको मेला महोत्वमा पुगेर फिल्मबारे जानकारी दिइरहेको छन्। यस फिल्ममा मुख्य अभिनेता सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा भइरहेको महोत्सवमा फिल्ममा प्रचार गरेका छन्।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपाल, सौगातले नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेर फिल्म बारे जानकारी दिएका हुन्। अभिनेतालाई महोत्सवमा देखेका दर्शकले हुटिङ समेत लगाएका थिए। अभिनेता मल्लले आफ्ना फिल्मका हिट संवादहरु सुनाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाए।

फिल्मका मुख्य कलाकार तथा हास्य टेलिफिल्म ‘सक्किगोनी’का कमलमणी नेपालले उपस्थित दर्शकलाई पेट मिचिमिची हसाएका थिए ।

‘दर्शकहरुमा चलचित्रप्रति उत्साहि  निकै रहेको पायौं । यसले, हामीलाई निकै खुशी बनाएको छ,’फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले भने,‘ हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पुर्वसम्म पुग्नेछौं।’

सोमबार नै अभिनेत्री उपासना सिंह ठकुरी र कलाकार बुद्धि तामाङ पनि दाङका कार्यक्रममा पुगेका छन् । निर्माण टिमका अनुसार उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएका छन् ।

फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् भने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.