रौतहट :
यतिबेला रौतहटको एक गाउँमा कलिउड र बलिउडका चर्चित कलाकार आउने भएपछि निकै माहोल ताएिको छ। मधानी महायज्ञमा भारतीय सिनेजगतका सुपर स्टार गोबिन्दा, भोजपुरी नायक रविकिशन,नेपालका पल शाह, दिनेश डिसीलगायत उपस्थित हुने चर्चाले माहोत तानिन थालेको हो।
त्यसका लागि रौतहटको मौलापुर नगरपालिकाले आफ्नो नगरभित्र सरसफाई अभियान समेत सुरु गरेको छ। मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञलाई लक्षित गर्दै सरसफाई अभियान सुरु भएको नगलपालिकाले जनाएको छ।
मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहका अनुसार ‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवे देखि ठूलो सानो सबै भित्री सडक समेत सरसफाई गर्ने अभियान शनिवार देखि सुरु गरिएको हो।
उनले पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाई अभियान लगातार १ महिना चल्ने बताएकी छन्।
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको हो । पहिलो वर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उदघाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको बिशेष पूजा मधानी महायज्ञ हुने गर्दछ।
व्लिउड तथा कलिउका कलाकारका साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ। झण्डै एकसाता सम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसंगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने समेत आउने गरेका छन्।