काठमाडौं /
नयाँ गठबन्धनमा खिचातानी भइरहेको गृह मन्त्रालय रास्वपाले पाउने भएको छ ।
नयाँ गठबन्धनमा सुरुदेखि नै गृह मन्त्रालय दाबी गरेको रास्वपालाई अन्ततः गृह मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ।
रास्वपाको तर्फबाट गृह मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले गर्न लागेका छन् । उनको नेतृत्वमा रास्वपा सरकारमा जान लागेको हो।
यस अघि रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल सरकारमा सहभागी भइसकेका छन्।