सुचना, समाचार र मनोरन्जन
Sarangi

‘माया बिरानी’पछि महेश काफ्लेको `चाइना जापान´

काठमाडौं  :
गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ ।
सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ ।  गायक महेश काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू चर्चित छन् ।

Leave A Reply

Your email address will not be published.