सुचना, समाचार र मनोरन्जन

जेठ १० बाट पोस्पोन्ड भएको ‘दान्भी’ असार ७ मा रिलिज हुने

काठमाडौं :

जेठ १० गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ। नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ।

असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ।

वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन्। यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन्। उनको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्। फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन्।

फिल्म ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो । टिजरले दर्शकको उच्च साथ पाएको छ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्माको एक्सनले चर्चा पाइरहेको छ ।

Leave A Reply

Your email address will not be published.