सुचना, समाचार र मनोरन्जन

नाटक ‘म्यारीज प्रपोजल’ पुनः मञ्चन हुँदै

आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा नाटक 'म्यारीज प्रपोजल' कुञ्ज नाटक घरमा मञ्चन गर्न लागिएको हो ।

पोखरा /

नाटक ‘म्यारीज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा नाटक ‘म्यारीज प्रपोजल’ कुञ्ज नाटक घरमा मञ्चन गर्न लागिएको हो ।

संगीत सापकोटा र आशीष घिमिरेले नाटकलाई निर्देशन गरेका हुन् । कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक जेठ १० गतेदेखि जेठ २७ गतेसम्म मञ्चन गर्न लागिएको निर्देशक द्वयले बताए ।

निर्देशकका अनुसार,’नाटकले विसंगतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको बताइएको छ । सन् १८९० को विषयबस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको बताइएको छ ।

Pach Pandav

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो ।

नाटकमा ४ जना पात्रहरू रहेका छन् । जसमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय रहने छ । उक्त नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भुमिका चित्रणमा समेत ओत पुर्याउने विश्वास लिइएको छ ।

करिब चालिस मिनेटमा समावेश रहेको नाटको विषयवस्तुलाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ । उक्त नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो । नाटक मञ्चनबाट प्राप्त रकम धादिङको गजुरीमा अवस्थित श्री चेपाङ निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।

कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.