पोखरा /
कलाकार तथा निर्देशक माओत्से गुरुङ र ध्रुव थापा बच्चैदेखिका साथी हुन् । दुवैको सानैदेखिको आनीबानी चलचित्र र कलाप्रति निकै मोह थियो। माओत्से अहिले फिल्म क्षेत्रमा स्थापित भइसक्दा ध्रुव अमेरिका भासिए । उनै ध्रुव अहिले नेपाल आएर फिल्ममा जोडिए । त्यो फिल्म हो–ईश्वर।
फिल्ममा मुख्य नायकमै देखिएका ध्रुव र अभिनेत्री कृस्टि गुरुङ फिचर्ड ‘पूरा भयो सपना मेरो’ गीत केही दिनअघिमात्र सार्वजनिक भएको थियो । जसमा दुवैलाई निकै रोमान्टिक भावमा देखाइएको छ । सानैदेखिको फिल्मको मोह अहिले आएर ध्रुवले पूरा गरेको कलाकार माओत्से गुरुङले स्मरण गरे । झण्डै २ करोड लगानी रहेको फिल्ममा ध्रुवले पनि लगानी गरेका छन् ।
पोखरेली राजु गिरी निर्देशिक यो फिल्म ‘ईश्वर’ यही ११ साउनदेखि रिलिज हुँदैछ । त्यसो त राजुका अघिल्ला फिल्मले त्यत्ति धेरै दर्शक तानेनन् । यसमा निर्माण पक्ष पनि निकै आशावादी छ । यो फिल्म भने विगतका तुलनामा निकै राम्रो बनेको कलाकार माओत्से गुरुङको पनि दाबी छ।
कलाकार माओत्से गुरुङले पत्रकार सम्मेलनमा भने, ‘अन्याय र अत्याचारको विरुद्धमा लाग्ने एक जना इन्स्पेक्टरको कथा हो ।’ यो गुरुङ फिल्म हो कि भन्ने कतिपयको जिज्ञासामा उनले फिल्ममा नायक खस आर्य समुदाय र नायिका जनजाति समुदायको भएकोले पनि त्यस्तो नभएको प्रस्ट पारे ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्म निर्माता हरिबहादुर थापा पनि उपस्थित थिए। उनले फिल्ममा पहिलो पहिलोपल्ट लगानी गरेको बताए । फिल्म राम्रो बनेको दाबी गर्दै उनले वर्षमा दुईटा नभए एउटासम्म फिल्म गर्ने योजना रहेको सुनाए । उनका अनुसार फिल्ममा करिब १ करोड ८० लाख लगानी लागेको छ।
कास्कीको माछापुच्छे् गाउँपालिका याङ्जाकोटमा सुटिङ भएको फिल्म खासगरी अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनायो।
कलाकार माओत्से गुरुङले पत्रकार सम्मेलनमा भने, ‘अन्याय र अत्याचारको विरुद्धमा लाग्ने एक जना इन्स्पेक्टरको कथा हो ।’ यो गुरुङ फिल्म हो कि भन्ने कतिपयको जिज्ञासामा उनले फिल्ममा नायक खस आर्य समुदाय र नायिका जनजाति समुदायको भएकोले पनि त्यस्तो नभएको प्रस्ट पारे ।
अभिनेत्री कृस्टि गुरुङको लागि नेपाली फिल्ममा यो डेब्यु हो । त्यसो त उनले पहिले नै गुरुङ फिल्म खेलिसकेकी छन् । यो चलचित्रसम्म आइपुग्दा कलाकार माओत्से गुरुङसहित धेरैको साथ र सपोर्ट गरेको बताइन् । उनले फिल्ममा आफ्नो रोलबारे भने खुलाइनन् । ‘फिल्ममा कति धेरै दुःख गरियो । संघर्ष गरियो,’ उनले भनिन्, ‘सबैको आ–आफ्नो कथा हुन्छ । सबैजनाले मेरो अभिनयलाई मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु ।’
सेनामा दुई दशक सेवापछि पोखरा चाउथेका हरिबहादुर थापा नितान्त नौलो फिल्म क्षेत्रमा हाम फालेका हुन् । उनी भन्छन्, ‘यो मेरो आगमन होभन्दा पनि एउटा राम्रो चलचित्रको आगमन हो ।’ आर्थिक मन्दीको बेला पनि फिल्ममा लगानी गर्नु चानचुने कुरा नभएको उल्लेख गर्दै उनले फिल्मको कथाले आफूलाई छोएको हुँदा लगानी गर्न तयार रहेको बताए । उनले भने, ‘लक्ष्य प्राप्तिका लागि संघर्ष र निरन्तरता नै मुख्य प्रेरणा हो ।
सेनामा दुई दशक सेवापछि पोखरा चाउथेका हरिबहादुर थापा नितान्त नौलो फिल्म क्षेत्रमा हाम फालेका हुन् । उनी भन्छन्, ‘यो मेरो आगमन होभन्दा पनि एउटा राम्रो चलचित्रको आगमन हो ।’ आर्थिक मन्दीको बेला पनि फिल्ममा लगानी गर्नु चानचुने कुरा नभएको उल्लेख गर्दै उनले फिल्मको कथाले आफूलाई छोएको हुँदा लगानी गर्न तयार रहेको बताए । उनले भने, ‘लक्ष्य प्राप्तिका लागि संघर्ष र निरन्तरता नै मुख्य प्रेरणा हो । फिल्ममा कुनै गल्ती कमजोरी भए प्रतिक्रिया दिनुहोला । ताकि आगामी दिनमा सुधार्दै जान सकियोस् ।’
अर्का कलाकार कुविना गुरुङले फिल्मको कथाबारे बोल्दै आफ्नो जातीय परम्पराअनुसार मामाको छोरी, फूपूको छोराबीच नै विवाह हुनुपर्छ भन्ने नभई उनीहरुले चाहेको खुसी अनुसार विहे गर्न सक्ने बताउँछिन्।
चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभू अधिकारीले पोखरेलीले यति ठूलो रकम फिल्ममा लगानी गरेको भन्दै फिल्म हेरेर साथ दिन आग्रह गरे । उनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघ सहसचिव शंकर तिवारीले गरेका थिए ।
फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङका अलावा सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन् । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ।