सुचना, समाचार र मनोरन्जन

नीताको ‘ह्रस्व दीर्घ’ र सौगातको ‘बम बहादुर’सँग भिड्न आयो ‘केटि हराएको सुचना’

काठमाडौं :

आगामी कात्तिक ३० गते नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। मंगलबार नाजिर हुसेन अभिनित फिल्म ‘केटी हराएको चुना’लेप्रदर्शन मिति तोकेपछि तीन फिल्म भिड्ने भएका हुन्।

यसअभि नै अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’लाई कात्तिक ३० गते प्रदर्शन मिति तोकेका थिए। यो समयमा कुनै फिल्म प्रदर्शन हुने छाँटकाँट थिएन। यो फिल्मको रिलिज मिति घोषणापछि अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘बम बहादुर’ले पनि त्यति कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिसकेको दुई वटा फिल्म प्रदर्शनमा आउने भएको थियो।

तर मंगलबार एक कार्यक्रमकाबीच लबिङ मलमा फिल्म ‘केटी हराएको सूचना’ को टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेपछि तीन वटा फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन्।
एक मिनेट लम्बाईको टिजरले फिल्ममा मायाप्रेम र द्धन्द्धको कथावस्तुबारे प्रकाश पारेको छ। जहाँ फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठबीचको प्रेमलाई दर्शाउँदै सुरु भएको टिजर नाजिरले हात, खुट्टा र मुख बाँधेर सृष्टिलाई बन्धक बनाएको दृश्यसँगै टिजर टुंगिएको छ।

यो फिल्मलाई तीन दशकअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका निर्देशक दीपेन्द्र गौचनले निर्माण तथा निर्देशन गरेका हुन्। यस फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र आदि लगायतको अभिनय रहेको छ। कार्यकारी निर्माता नकिम उद्दिन रहेको फिल्मलाई निर्देशक गौचन स्वयंले लेखेका हुन्। फिल्मलाई अमर महर्जनले खिचेका छन्।

Leave A Reply

Your email address will not be published.