सुचना, समाचार र मनोरन्जन
Sarangi

अल्लू अर्जुनको फिल्म ‘पुष्पा २ः द रूल’को प्रदर्शन मिति परिवर्तन

मुम्बई :

अभिनेता अल्लू अर्जुन अभिनित फिल्म ‘पुष्पा २ः द रूल’को प्रदर्शन मिति परिवर्तन भएको छ। आगामी ६ डिसेम्बरमा प्रदर्शन हुने भनिएको फिल्म एक दिन अगाडि सरेको छ। निर्माण पक्षका अनुसार ५ डिसेम्बरमै प्रदर्शन हुने छ।

बिहीबार अभिनेता अल्लू अर्जुनले आफ्नो इन्स्टाग्राममार्फत आफ्ना फ्यानहरुलाई फिल्म एक दिन अगाडि प्रदर्शन हुन लागेको जानकारी दिएका हुन्।

फिल्ममा अल्लुको अपोटिमा र अभिनेत्री रश्मिका मन्दना रहेकी छन्। उनीहरुका अलावा फिल्ममा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय रहेको छ।
फिल्ममा कुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको भने निर्माण नवीन येर्नेनी र रविशंकर यलमाञ्चिलीले छन्। तीन वर्ष अघि रिलिज भएको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेलको रुपमा ‘पुष्पा २ः द रूल’ निर्माण गरिएको हो।

Leave A Reply

Your email address will not be published.