इजरायलमा सन् २०२४ मा ट्राफिक दुर्घटनामा ४३९ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना सन् २०२३ मा रेकर्ड गरिएका तुलनामा २१.६ प्रतिशतले वृद्धि भएको इजरायलको तथ्याङ्क ब्यूरोले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरोले गत वर्ष मृत्यु हुनेको संख्या सन् २००६ यताकै उच्च रहेको उल्लेख गरेको छ ।
देशमा दुर्घटनाको संख्या वार्षिक रूपमा १९.८ प्रतिशतले बढेको छ । दुर्घटना सन् २०२३ मा ३३८ बाट २०२४ मा ४०५ मा पुगेको छ ।
इजरायलको राष्ट्रिय सडक सुरक्षा प्राधिकरणले जनवरीको शुरुमा एक प्रेस विज्ञप्तिमा सन् २०२४ मा ट्राफिक दुर्घटनाका मुख्य कारणमा ट्राफिक लाइट बेवास्ता, लेन क्रसिङ र अत्यधिक गति समावेश रहेको खुलासा गरेको छ ।