सुचना, समाचार र मनोरन्जन

‘खानदानी छोरी’ ईश्वरी बरालले ल्याइन् ‘नैना रेशम’

काठमाडौं :

पत्रकार तथा गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। गायिका बरालकै स्वर रहेको गीतमा शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका छन्।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।

नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन्। गायिका बरालले यसअघि ‘माया छ कि छैन’,‘खानदानी छोरी’,हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाएकी छन्।

Leave A Reply

Your email address will not be published.