पोखरा/
अत्याधिक वर्षाका कारण स्थगित भएको पोखराको अमरसिंह ग्राउन्डमा आयोजना गरिएको दोस्रो संस्करणको एलजी फेस्टिभल शनिबार तोकिएकै समय र स्थानमा हुने आयोजकले जनाएको छ ।
फागुन १६ गते हुने भनिएको फेस्टिभल पानी परेपछी अन्तिम समयमा १७ गते अर्थात आजको लागि सारिएको हो ।
फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भएको थियो। अन्तर्राष्ट्रियस्तरमा शानदार सफलता पाएपछि अब यो फेस्ट पोखरावासीका लागि भव्य रूपमा आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपालका चर्चित कलाकारहरूको प्रस्तुत रहनेछ ।
अन्तर्राष्ट्रिय सफलतापछि नेपालमा पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा लाइभ म्युजिक, स्वादिष्ट खानाका परिकार, विशेष पेय पदार्थ र मनोरञ्जनका कार्यक्रमहरू हुनेछन्।